global ime bank Long Banner Ad

गृहपृष्ठ सडकले रोक्यो गोकर्ण रिसोर्टको ‘रिट्रिट’

सडकले रोक्यो गोकर्ण रिसोर्टको ‘रिट्रिट’

सडकले रोक्यो गोकर्ण रिसोर्टको ‘रिट्रिट’

बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुका लागि ‘रिट्रिट’ होटल सोल्टीमै दिइएकाे छ । चाबहिल–जोरपाटी–गोकर्णको सडक अवस्था तत्काल सुधार गर्न नसकेपछि सरकारले सम्मेलन आयोजना स्थलमै ‘रिट्रिट’ दिइएकाे हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले चाबहिल–जोरपाटी–गोकर्ण सडक स्तरोन्नति गरी रिट्रिट गोकर्ण रिसोर्टमै गर्ने तयारी गरेको थियो । ‘वर्षाका कारणसडक सुधार नभएपछि रिट्रिट सोल्टीमै दिइएकाे हाे ।

सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष सरकार प्रमुख तथा उनीहरूकाे जीवनसाथी पनि सहभागी भएका छन् ।

सामूहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि ‘रिट्रिट’को आयोजना गरिन्छ ।

सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि ‘रिट्रिट’ महत्वपूर्ण मानिन्छ ।

 

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु