काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस महामन्त्रीले भने- हिन्दू राष्ट्रको मुद्दा छिनोफानो गर्न जनमत संग्रह

12.33K
shares

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता असफल बनाउन केही तत्व जुटेकाले यसको सफलताका लागि सबै पक्ष  जुट्न अावश्यक देखिएको बताएका छन् । विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले संघीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिएको बताए ।

अहिले कर वृद्धि पनि मनपरि भइरहेको भन्दै उनले अापत्ति जनाएका छन् । जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने उनको भनाइ छ । ‘नेपाली कांग्रेसले जितेका स्थानीय तहमा कर वृद्धि गर्न दिँदैनाैं,’ उनले भने ।

पार्टीको महासमिति भेला अन्योल र अनिश्चित भइरहेका बेला महामन्त्री कोइरालाले भने भेला यसै वर्षभित्र सम्पन्न गर्ने  दाबी गरे । हिन्दू राष्ट्रको मुद्दा छिनोफानो गर्न जनमत संग्रह गर्नुपर्ने उनले दोहोर्याए ।