काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सर्वाेच्चकाे अादेशमा रिहा भएका पत्रकार बस्नेत पुनः पक्राउ

15.27K
shares

पत्रकार राजु बस्नेत सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै पुन पक्राउ परेका छन् । सर्वाेच्च अदालतले शुक्रबार सामान्य तारेखमा छाड्न आदेश दिएपछि रिहा भएका बस्नेत त्यसलगत्तै पुनः अदालत परिसरबाटै पक्राउ परेका हुन् ।

यसैबीच अदालतले छाड्न आदेश दिएको भए पनि प्रहरीले बस्नेतलाई अदालत परिसरबाटै नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेल लगेको छ । बस्नेतको तर्फबाट रमिता बस्नेतले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपकराज जोशीको एकल इजलासले बस्नेतलाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

सर्वाेच्चले महानगरीय प्रहर परिसर ललितपुर जावलाखेललाई पक्राउ गर्नुको कारणसहित उपस्थित हुन पनि आदेश दिएको छ । उता आवश्यक कागजात गरेर छाड्नु पर्ने भएकाले आफूहरुले बस्नेतलाई प्रहरी कार्यालय ल्याएको महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

प्रेस युनियन काठमाडौंका जिल्ला सचिव महेश्वर गौतमले अदालतले छाड्ने आदेश दिए पनि प्रहरीले बस्नेतलाई पुनः पक्राउ गर्नुले सम्मानित अदालतको अवहेलना तथा प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको बताएका छन् ।