काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पूर्जी जारी

9.26K
shares

निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले रौनियारलाई पक्राउ पूर्जी जारी गरेको हो । पप्पु कन्सट्रक्सनले गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा बनाउन लागेको पुल अलपत्र हुँदा सो ठाउँमा डुंगा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।

गत भदौ ८ गते डुंगा दुर्घटनामा सर्वसाधरणको मृत्यु भएपछि उनीविरुद्ध उजुरी परेको थियो । प्रहरीले पटक पटक बोलाउँदा पनि उनी नआएपछि पक्राउ पूर्जी जारी गरिएको रौतहट प्रहरीले जनाएको छ । सुमित संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन् ।

पप्पु कन्सट्रक्सनले ठेक्का लिएको काम समयमै निर्माण सम्पन्न नभएको भन्दै पछिल्लो समय विवादित बनेको छ ।