काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सल्यानमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु

12.87K
shares

सल्यानमा पहिरोमा पुरिएका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पहिरोमा पुरिएका तीनै बालबालिकाको शव फेल परेको हो ।

गएराति बागचौर नगरपालिका १२ ओख्रेनीमा पहिरोले बालाराम डाँगीको घर पुरिएको थियो । उनका दुई छोरी र एक छोराको पहिरामा पुरिएका थिए ।

मृत्यु हुनेमा ७ वर्षीय छोरा ललित, ४ वर्षकी छोरी मेनका र १० वर्षीय छोरी ललिता रहेको प्रहरीले जनाएको छ ।उनीहरुको शव सोमबार बिहान निकालिएको हो ।