काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुलुकभरका स्वास्थ्य संस्थामा प्रशासनिक काम बन्द

17.6K
shares

मुलुकी अपराध तथा देवानी संहिता (ऐन), २०७४ का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आज पनि आन्दोलन जारी राखेका छन् ।

डाक्टर तथा स्वास्थ्यकर्मीले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका सवै सेवा ठप्प पारेका चिकित्सकहरुले  आज देशभारको अस्पतालको प्रशासनिक काम बन्द गरेका छन्  ।

आइतबार माइतीघरमा विरोध प्रदर्शन र मेडिकल काउन्सिललाई लाइसेन्स बुझाएका थिए । आन्दोलनको नेतृत्व नेपाल चिकित्सक संघले गरेको छ ।

संहिताको व्यवस्थाले चिकित्सकमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै उनीहरु डर बोकेर बिरामीको सही उपचार हुन नसक्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

माग पूरा नभए मुलुकभरिका स्वास्थ्य संस्थामा सोमबारदेखि प्रशासनिक काम बन्द गर्ने, मंगलबारदेखि आकस्मिकबाहेकका अन्य अपरेसन बन्द गरिने नेपाल चिकित्सक संघका महासचिव डा. कार्कीले जानकारी दिए । बिहीबारदेखि आकस्मिक सेवाबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य संस्था बन्द गर्ने उनले बताए ।

सरकारले भने स्वास्थ संस्था बन्द गराए चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएरको छ । स्वास्थ मन्त्रालयले आन्दोलन रोक्न चिकित्सकहरुलाई आग्रह गरेको छ । तर, चिकित्सकहरुले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

यसैबीच, आन्दोलनमा उत्रिएका चिकित्सकहरुको माग सम्बोधन गर्ने उपाय पत्ता लगाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिले आन्दोलनरत चिकित्सकको माग सम्बोधन गर्ने उपाय पत्ता लगाउन सरकारलाई निर्देशन दिएको हो ।

बिरामीमाथि प्रत्यक्ष मार पार्ने गरी चिकित्सकहरु आन्दोलित भएपछि समितिले सरकारलाई समस्या समाधानको उपाय पत्ता लगाउन निर्देशन दिएको हो ।

गत भदौ एक गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने उल्लेख छ । सो विषयमा डाक्टरहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।