काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

केन्द्रीय कार्यसमितिको सदस्य संख्या बढाउँदै कांग्रेस

13.55K
shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको सदस्य संख्या बढाउने भएको छ । नेपालको संविधान अनुसार समावेशी बनाउन सदस्य संख्या बढाउन लागिएको कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेसले पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले केन्द्रीय कार्यसमितिमा सदस्य संख्या बढाउने गरी सैद्दान्तिक सहमति जुटाएको हो ।
त्यसरी बढाउँदा केन्द्रीय कार्यसमितिको सदस्य संख्या १ सय २५ देखि १ सय ५० सदस्यीय हुन सक्ने नेताहरुले बताएका छन् । अहिले ८० सदस्यीय केन्द्रीय कार्यसमिति छ ।

तर, केन्द्रीय कार्यसमितिका सदस्य संख्या बढाउनेबारेमा मस्यौदा समिति नै एकमत देखिँदैन । केहीले सदस्य संख्या बढाउनुपर्ने बताएका छन् भने केही त्यसप्रति विमति राखेका छन् । विमति राख्नेहरुले अहिलेकै कार्यसमितिका सदस्यले काम नपाइरहेको अवस्थामा सदस्य संख्या बढाउन नहुने बताएका छन् ।

तर, पार्टी नेतृत्वलाई नेताहरुको व्यवस्थापन गर्नुपर्ने वाध्यता छ, खासगरी पार्टी सभापति शेरबहादुर देउवालाई । पार्टी एकता गरी नेपाली कांग्रेसमा आएका विजयकुमार गच्छदारको व्यवस्थापनका लागि पनि केन्द्रीय कार्यसमितिका सदस्यहरुको संख्या बढाउनुपर्ने दबाबमा देउवा छन् । सोही कारण उनी केन्द्रीय कार्यसमिति मात्र नभई पदाधिकारीसमेत बढाउनु पर्ने पक्षमा रहेको स्रोतले बतायो ।