काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

11.91K
shares

‘नेपालको संविधान’ जारी भएको मिति असोज ३ मा सरकारले संविधान दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । संविधान दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा मूल समारोह समिति निर्माण गरिएको छ ।

मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संविधान दिवसलाई जनताको दिवसका बनाउनुपर्ने बताएका छन् । जनताको ठूलो बलिदानबाट यो संविधान प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा मनाउनुपर्ने आवश्यकता औंल्याए ।

आइतबार गृह मन्त्रालयमा आयोजित संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संविधान दिवस भव्यताका साथ मनाउनुपर्ने बताए । त्यसका लागि सबै स्थानीय तहहरुलाई सचेत गराए ।

संविधान दिवसको अवसर पारेर संविधानको महत्व झल्काउने गतिविधि अघि बढाउन सम्बन्धित निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।