global ime bank Long Banner Ad

गृहपृष्ठ प्रकाण्डलाई न्यायाधीशको रोहबरमा छाड्न सर्वाेच्चको आदेश

प्रकाण्डलाई न्यायाधीशको रोहबरमा छाड्न सर्वाेच्चको आदेश

प्रकाण्डलाई न्यायाधीशको रोहबरमा छाड्न सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला न्यायाधीशको रोहबरमा छाड्न आदेश दिएको छ । सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो ।

प्रकाण्डलाई सर्वाेच्चले पटक पटक छाड्न आदेश दिएपनि प्रहरीले उनलाई रिहा गरेलगत्तै पुनः अर्काे मुद्दामा पक्राउ गर्दै आएको छ । यसअघि दुईपटक प्रकाण्डलाई थुनामुक्त गर्न सर्वाेच्चले आदेश दिएको भए पनि पुनः अर्काे मुद्दामा प्रहरीले पक्राउ गरेको थियो ।

सुरुमा चन्दा असुलीको आरोपमा पक्राउ परेका विश्वकर्मालाई सर्वाेच्चले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले क्रसर उद्योगमा आगजनी गरेको घटनामा संलग्न भएको भन्दै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाएको थियो । त्यसमा पनि सर्वाेच्चले दोस्रोपटक पनि गैरकानुनी थुनामा राखेको ठहर गर्दै विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

सर्वाेच्चको उक्त आदेशपछि छुटेका प्रकाण्डलाई रिहालगत्तै प्रहरीले तेस्रोपटक पक्राउ गरी नुवाकोट लगेको थियो । नुवाकोट जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गराई उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो । नुवाकोटमा एस्काभेटर मेसिनमा आगो लगाई २ करोड २३ लाख बराबरको क्षति गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु