काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फिफाले सार्वजनिक गर्‍याे उत्कृष्ट खेलाडीको सूची, काे काे परे सूचीमा ?

15.41K
shares

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उत्कृष्ट वर्ष खेलाडीको सूची सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, क्रोएसियाका लुका मोड्रिक र इजिप्टका मोहमद सलाह रहेका छन् । यो पटक अर्जेन्टिनाका लियोनल मेस्सी सूचीमा पर्न सकेनन् ।

रुस विश्वकपमा मोड्रिकले उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसियालाई फाइनलमा पु¥याएका थिए भने
रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । त्यस्तै, इजिप्टका सलाहले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यस्तै उत्कृष्ट महिला खेलाडीकासूचीमा नर्वेकी अडा, जर्मनकी मरोसन, ब्राजिलकी मार्टा परेका छन् । प्रशिक्षकमा क्रोएसियाका डालिस, फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प र रियाल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान छन् । आगामी सेप्टेम्बर २४ मा ३ मध्ये एकले उत्कृष्ट खेलाडीको अर्वाड जित्नेछन् ।