गृहपृष्ठ आप्रवासन परियोजनाका लागि स्विट्जरल्यान्डले दियो दुई अर्ब
आप्रवासन परियोजनाका लागि स्विट्जरल्यान्डले दियो दुई अर्ब
सुरक्षित आप्रवासन परियोजनाको तेस्रो चरण कार्यान्वयन गर्न नेपाललाई स्विट्जरल्यान्डले दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा दुई देशका प्रतिनिधिबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थसचिव डा. राजन खनाल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
तेस्रो चरणको चार वर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि २०२२ सम्म चल्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका गाउँ/नगरपालिकामार्फत कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जनाएको छ ।

यसअघि, अर्थ मन्त्रालयले सुरक्षित आप्रवासन परियोजनाका पहिलो र दोस्रो चरण सम्पन्न गरिसकेको छ । ती जिल्लाबाट बर्सेनि पाँच हजारभन्दा बढी वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ । परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पुर्याउनेछ ।
प्रकाशित समय : २३:४३ बजे



















