global ime bank Long Banner Ad

गृहपृष्ठ गणेशमान अध्ययन प्रतिष्ठानद्वारा वृद्धलाई सम्मान

गणेशमान अध्ययन प्रतिष्ठानद्वारा वृद्धलाई सम्मान

गणेशमान अध्ययन प्रतिष्ठानद्वारा वृद्धलाई सम्मान

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संस्थालाई सहयोग गर्ने जेष्ठ नागरिकलाई सम्मान गरेको छ । प्रतिष्ठानको १६औं वार्षिक सभाका अवसरमा संस्थालाई स्थापनाकालदेखि निरन्तर सहयोग पु¥याउँदै आएका ८० वर्षभन्दा बढी उमेरका तीन जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका सचिव डा. भुपेन्द्र बस्नेतले ‘सम्मुनत नेपाल र सम्पन्न नागरिक’ भन्ने नाराका साथ आफूहरु अघि बढेको बताए । वार्षिक प्रतिवेदन र आगामी लक्ष्यबारे जानकारी गराउँदै उनले भने, ‘गणेशमान सिंह एक सच्चा देशभक्त र लोकतन्त्रका लागि सधैं लडिरहने योद्धा हुन्, उहाँको राष्ट्रप्रतिको योगदान अविस्मरणीय छ, उहाँकै मार्गदर्शनअनुसार हामी अघि बढ्छौं ।’

नेपालमा रहेको गरिबीलाई सन् २०३० सम्ममा ३ प्रतिशतभन्दा कम गर्ने र देशमा दिगो आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ आफूहरु लागिपरेको प्रतिष्ठानका सचिव बस्नेतले बताए । राष्ट्रको विकासका लागि युवामा राष्ट्रिय एकताको चेतना विकास गर्नु र नेपालीको शिक्षा र आवास हक अधिकारका लागि योगदान पु¥याउनु प्रतिष्ठानको मुख्य उद्देश्य भएको उनको भनाइ छ । मुलुकमा गरिबी, अशिक्षा, भोकमारी, विकृति र राजनीतिक अस्थिरतालाई निर्मुल पार्ने लक्ष्य लिएर २०५२ सालमा गणेशमान प्रतिष्ठान स्थापना भएको हो ।

प्रकाशित समय : ००:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु