गृहपृष्ठ निर्मला पन्त हत्या प्रकरण : कारवाहीको माग गर्दै जाजरकोटमा प्रदर्शन
निर्मला पन्त हत्या प्रकरण : कारवाहीको माग गर्दै जाजरकोटमा प्रदर्शन
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै जाजरकोटमा सोमवार दबाब र्याली निकालिएको छ ।
जाजरकोट युवा क्रिकेट क्लवमा आवद्ध युवाहरुको अगुवाइमा अपराधीलाई सार्वजनिक गर, हामी शान्ति चाहन्छौं, प्रहरी अंकल के हामी सुरक्षित छौं ?, बलात्कार र हत्याका दोषीलाई कारवाही गर’, ‘कानुनी राज्य प्रत्याभूत गर’, ‘छोरीचेलीलाई बाँच्न दे’ लगायतका नारा लगाउँदै जाजरकोटका महिला तथा बालबालीकाहरु प्रदर्शनमा उत्रेका हुन् ।
पन्तलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध विशाल प्रर्दशन गरिएको जाजरकोट युवा क्रिकेट क्लव का अध्यक्ष अनिश कार्किले जानकारी दिए । निर्मला पन्तका हत्याराहरुलाई लामो समय सम्म कारबाही गर्न दुई तिहाइको सरकारले लापर्बाही गरेको भन्दै महिला, युवा, बालाबालिका र अन्य सर्वसाधारणहरुले स्वस्फुर्त रुपमा सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।
स्थानीय जाजरकोट युवा क्रिकेट क्लवमा आवद्ध युवाहरुको अगुवाइमा भएको र्यालीले स्थानीय ठाँटीबजार हुँदै थाप्लेचौर, गैरीखाली, दरवार र पिपलडाडाँ हुदै खलंगा बजारको परिक्रमा गरेको थियो ।
प्रकाशित समय : ०२:१२ बजे



















