global ime bank Long Banner Ad

गृहपृष्ठ संविधान दिवस कालो दिन: ठाकुर

संविधान दिवस कालो दिन: ठाकुर

संविधान दिवस कालो दिन: ठाकुर

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष दलका सदस्य महन्थ ठाकुरले संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

राजधानीमा पत्रकारसँगको अन्तर्क्रियामा ठाकुरले आफूहरुको माग अझै सम्बोधन नभएको भन्दै संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने बताए । उनले भने ‘जनपक्षीय संविधान नबन्दासम्म संविधान दिवस मनाउन सकिन्न ।’ आफ्ना सबै नेता तथा कार्यकर्तालाई असोज तीन गतेलाई कालो दिनका रुपमा मनाउन परिचालन गरेको ठाकुरको भनाई थियो ।

कार्यक्रममा पूर्वकानुनमन्त्री तथा सत्ताधारी नेकपा नेता शेरबहादुर तामाङले व्यक्ति विशेषको अनुकुलमा संविधान संशोधन हुन नसक्ने बताएका छन् । दलहरूले राखेको संशोधनका केही बुँदा सान्दर्भिक नभएको र आवश्यक विषयमा मात्र संविधान संशोधन गर्नुपर्ने उनको तर्क थियो ।

संघीय समाजवादी फोरम नेपालका नेता प्रदीप यादवले सरकारले संविधान संशोधन टार्दै गए सरकारबाट बाहिरिने चेतावनी दिए । आफ्ना अध्यक्ष उपेन्द्र यादव संविधान संशोधनको शर्तमा मात्र सरकारमा सहभागी भएको उनको भनाइ थियो ।

प्रकाशित समय : २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु