काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रेड बुल १३औँ कृति अवार्ड्सअन्तर्गत ‘कृति कनेक्ट’ सम्पन्न

364
shares

काठमाडौं । नेपाली आमसञ्चार तथा विज्ञापन उद्योगको अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ।

‘Creativity Connect, Where It All Starts’ नाराका साथ आयोजित कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनशीलता र व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विभिन्न गतिविधि सञ्चालन गरिएको थियो।

यसअघि कृति अवार्ड्सका क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा आयोजना हुँदै आएको कार्यक्रमलाई यस वर्ष गैरसदस्य एजेन्सीहरूलाई समेत सहभागी गराउँदै ‘कृति कनेक्ट’का रूपमा आयोजना गरिएको आनले जनाएको छ।

कार्यक्रममा आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकारले अवार्ड्सको उद्देश्य र उपादेयताबारे जानकारी गराएका थिए। आनका प्रथम उपाध्यक्ष उज्वल शाक्यले १३औँ कृति अवार्ड्सका विविध पक्षबारे प्रकाश पारे।

त्यस्तै, हालसम्म सबैभन्दा धेरै कृति अवार्ड्स जितेको मेकवेज प्रालिका प्रमुख विधान राजभण्डारीले अवार्ड प्राप्त गर्न आवश्यक तयारी तथा प्रस्तुतीकरणका विषयमा सहभागीलाई जानकारी गराएका थिए।

कार्यक्रममा नेपाली विज्ञापन उद्योगका समसामयिक विषय तथा सिर्जनात्मक बजारीकरणका आयाममा केन्द्रित छलफलसमेत गरिएको थियो।

कार्यक्रमको समापनमा आनका अध्यक्ष सुदीप थापाले यस्ता कार्यक्रमले नेपालको विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई थप एकताबद्ध बनाउन, पारदर्शिता बढाउन र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

यस वर्षको रेड बुल १३औँ कृति अवार्ड्सको मुख्य प्रायोजक रेड बुल रहेको छ। इन्फ्लुएन्सर एजेन्सी इनमार्क इन्डिया एन्ड एसोसिएट्स तथा जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेशनल कलेज ‘पावर्ड बाई’ प्रायोजक रहेका छन्। एनसेल, प्राइम टाइल्सलगायतका ब्रान्ड ‘सपोर्टेड बाई’ प्रायोजकका रूपमा रहेका छन्।