global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी सरकारले यसरी मनायो संविधान दिवस

गण्डकी सरकारले यसरी मनायो संविधान दिवस

गण्डकी सरकारले यसरी मनायो संविधान दिवस

पोखरामा गण्डकी प्रदेश सरकारले मंगलबार प्रभातफेरी लगायतका विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री परिषदको कार्यालयबाट सुरु भएको प्रभातफेरी पोखराका विभिन्न भाग परिक्रम गरी शहिदपार्कमा पुगेको थियो । शहिद स्मारकमा माल्यार्पण गरी जिल्ला समन्वय समितिको हलमा पुगेर कार्यक्रम समापन भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलगायतका मन्त्री, सांसद तथा उच्च पदस्थ व्यक्ति, तीनवटै सुरक्षा निकाय अधिकारी, कर्मचारी, विभिन्न संघ-संस्थाका पदाधिकारी एवं नागरिकको सहभागिता थियो ।

कार्यक्रमका सहभागीले संविधानको सफल कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । संविधानको मर्म र भावनाअनुसार कार्यान्वयन गर्नसकेमात्र संविधान दिवस मनाएको सार्थक हुने उनीहरुले बताए ।

प्रकाशित समय : २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु