global ime bank Long Banner Ad

गृहपृष्ठ चीन भ्रमणमा उपराष्ट्रपति पुन

चीन भ्रमणमा उपराष्ट्रपति पुन

चीन भ्रमणमा उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्. । असोजको ४ (सेप्टेम्बर २० ) गतेदेखि चीनको छेन्दुमा शुरु हुने ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन उपराष्ट्रपति पुन चीनतिर लागेका हुन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले उपराष्ट्रपति पुनलाई बिदाइ गरे । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका उपराष्ट्रपति पुनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन शत्रको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यही दिन उनले ‘एक क्षेत्र एक मार्ग’ (ओबीओआर) सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

चीन भ्रमणमा रहँदा उपराष्ट्रपति पुनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र उच्चपदस्थ सरकारी प्रतिनिधिसँग शिष्टाचार भेट गर्नेछन् । उपराष्ट्रपति पुन असोज ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु