गृहपृष्ठ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग प्रचण्डको भेट
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग प्रचण्डको भेट
चीन भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग भेट गरेका छन् । मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग प्रचण्डले भेट गरेका हुन् ।
चीन भ्रमणका क्रममा चिनिया क्रान्तिका ‘ऐतिहासिक स्थल’हरुको भ्रमण गरी येनान हुँदै नान्जिङ आइपुगेका प्रचण्डलाई ताओले स्वागत गरेका थिए । ताओसँगको भेटमा प्रचण्डले चिनिया कम्युनिस्ट पार्टीको महाधिवेशनले नयाँ विचार ‘सि चिनफिङ विचार’को विकासमार्फत चीनलाई नयाँ उचाईमा पुर्याएकामा खुसी व्यक्त गरेका जनाइएको छ ।
भेटका क्रममा प्रचण्डले ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गलाई विशेष जोड दिएका थिए भने बेल्ट एन्ड रोड इनिसिएटिभको विषमा पनि छलफल भएको बताइएको छ । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डको पहिले भारत र त्यसलगत्तैको चीन भ्रमणलाई राष्ट्रिय राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकाशित समय : २१:४७ बजे



















