आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच सम्झौता
वि.सं.२०७५ मंसिर १८ मंगलवार २१:२८
shares

आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका सीईओ देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे ।
यो सम्झौतासँगै नेपाल बैंकले आफ्ना ग्राहकलाई निशुल्क रुपमा १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्समा गरिदिने भएको छ ।
























