‘ए’ डिजिभन लिग : एपीएफको दोस्रो जित, एनआरटी २–१ ले पराजित
वि.सं.२०७५ मंसिर १८ मंगलवार २१:२५
shares

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा एपीएफ विजयी भएको छ । न्यूरोड टिम (एनआरटी)लाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ विजयी भएको हो ।
एपिएफका लागि युवराज लामा र सुदीप शिखरकारले एक–एक गोल गरेका थिए । एनआरटीका लागि एक गोल राजेश परियारले गरे । जारी प्रतियोगितामा एपीएफको यो दोस्रो जित हो ।
जितसँगै एपीएफ अङ्कं तालिकाको सातौँ स्थानमा उक्लिएको छ ।
























