काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपचार गर्ने पैसा छैन ? चरिकोट जानुस् सित्तैमा हुन्छ उपचार

11.34K
shares

उपचार गर्ने पैसा छैन ? तर पैसा नभएर पनि चिन्ता लिनु पर्दैन । प्रस्तावित चरिकोट अस्पताल जानुस्, पैसा नभए पनि सम्पूर्ण उपचार हुन्छ ।

कुनै दुर्घटनामा परेर वा बिरामी भएर उपचारका लागि अस्पताल जाँदा सबैभन्दा जोकोहीलाई पनि चिन्ताको विषय उपचार खर्चको हुन्छ । रोगको उपचार गर्नुभन्दा पनि खर्च पुग्छ कि पुग्दैन, कति खर्च लाग्ने हो, खर्च नपुगे के गर्ने भन्ने रोगको पनि महारोग खर्चकै विषयमा हुन्छ ।

अब पैसा नभएकै कारण कोही रोग पालेर बस्नु पर्ने अवस्था छैन । चरिकोट अस्पतालमा उपचारका लागि भित्र गएपछि कुनै पनि शुल्क तिर्नु पर्दैन । बरु उल्टै विरामीका लागि खानाको समेत व्यवस्था गरेको छ । ३ वर्षदेखि यस्तो सेवा सुरु भएपछि सबैभन्दा बढी विपन्न, गरिबहरुले अस्पताल पुगेर उपचार पाएका छन् ।

सरकारले संविधानमै व्यवस्था गरेर शिक्षा र स्वास्थ्य नागरिकको आधारभूत अधिकारको रुपमा राखेको छ । यस्ता आधारभूत अधिकार निःशुल्क हुनुपर्ने हो । तर, यिनै शिक्षा र स्वास्थ्य नै अहिले सबैभन्दा महँगो हुँदै आएको छ । त्यही भएर पनि शिक्षा र स्वास्थ्यका लागि पनि मानिसले सबैभन्दा बढी खर्च गर्नु पर्दा हरेकतिर लोभी बन्नु परेको गुनासो पनि गर्न थालेका छन् ।

सरकारले संविधानमा उल्लेख गरेको निःशुल्क स्वास्थ्यको नाराको अनुभूति हुनेगरी अस्पतालमा पनि सञ्चालित छ । जहाँ पुगेपछि बिरामी र बिरामी कुरुवाका लागि पैसाको कुनै पनि चिन्ता लिनु पर्दैन । अस्पतालको गेटभित्र छिरेपछि बिरामीका लागि कुनै पनि शुल्क नै लाग्दैन अर्थात हरेक सेवा पूर्ण रुपमा निःशुल्क छ ।

दोलखाको चरिकोटमा रहेको प्राथामिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) तीन वर्षदेखि निःशुल्क सञ्चालन भइरहेको छ । धेरैलाई यसको बारेमा जानकारी नहुन पनि सक्छ । सरकारी अस्पताल भन्नेबित्तिकै राम्रो सेवा हुँदैन, चिकित्सकहरु पनि नियमित हुँदैनन् भन्ने आम सर्वसाधारणको सोचाइ तीन वर्षमा प्रस्तावित चरिकोट अस्पतालले बदलेको छ ।

ग्रामीण भेगका विपन्न बिरामीलाई मध्यनजर गर्दै २०७२ माघ १ गतेदेखि सार्वजनिक–निजी साझेदारीमा सञ्चालन भइरहेको अस्पतालले सेवा सुविधा थप गर्दै लगेको छ । हरेक सेवा निःशुल्क सञ्चालन गर्दै आएको चरिकोट अस्पतालले ठाउँ भए थप सेवा विस्तार गर्ने योजनासमेत बनाएको छ ।

अस्पतालमा युवा विशेषज्ञ डाक्डरहरुको टोली २४ सैं घण्टा बिरामीका सेवामा तत्पर हुन्छन् । हरेक बिरामीहरुको पहिलो रोजाइ चरिकोट अस्पताल हुने गरेको छ । पैसाकै अभावमा लामो समयदेखि रोग पालेर बसेका विपन्न नागरिकका लागि त झन् यो अस्पताल वरदान सावित भएको छ ।

अस्पतालले दैनिक ३ सयदेखि ४ सयसम्म बिरामीलाई ओपिडी सेवा दिँदै आएको छ । तीन वर्षदेखि सार्वजनिक–निजी साझेदारीमा सञ्चालित अस्पतालमा बिरामीको ई–दर्ता सेवा छ । यो नेपालमै पहिलो सेवा हो । यसको सिकाइबाट काठमाडौंका ठूला अस्पताल ग्रान्डी जस्ता अस्पतालले पनि भर्खरै सुरु गरेका छन् । ई–दर्ता सेवाले बिरामीको एउटा कोर्ड नम्बरबाट उसका हरेक स्वास्थ्य सूचना दर्ता हुन्छ ।

अस्पताल सुरु गरेको तीन वर्षमा एक लाख ४० हजार बिरामीको उपचार भएको मेडिकल डाइरेक्टर डा. विनोद दंगालले जानकारी दिए । अस्पतालले आईसीयूमा राखेर गर्नुपर्ने जटिल खालको उपचारबाहेकको सेवा पुर्याउँदै आएको छ । जटिल खालको काठमाडौंमा ६–७ लाखसम्म लाग्ने अप्रेसनसमेत निःशुल्क चरिकोटमा हुन थालेपछि काठमाडौं पुगेका बिरामीसमेत चरिकोट फर्केर उपचार गराउन थालेको उनले बताए ।