काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

योजना आयोग पदाधिकारीलार्इ मुख्यमन्त्रीले भने- इतिहास पढेर समृद्धि आउँदैन

13.02K
shares

एक नम्बर प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले सपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुले सपथ लिएका हुन् ।

मुख्यमन्त्री शेरधन राईले आयोगका उपाध्यक्षमा सुबोध प्याकुरेल र सदस्यहरुमा पुर्ण लक्सम र मिना भण्डारीलाई सपथ दिलाएका थिए । मुख्यमन्त्री राईले मुलुकको इतिहासका पुस्तक पढेर समृद्धि हासिल हुन नसक्ने बताए । उनले व्यवस्थित योजना बनाएर मात्र समृद्धी सम्भव रहेको दावी गरे ।

उनले आयोग गठन अगावै प्रदेश सरकारले योजना तर्जुमाको काम अगाडि बढाइसकेको जानकारी समेत दिए । संघियताको मर्मलाई नबुझिकन ऐतिहासिक जिम्मेवारी बहन गर्न नसकिने बताएका राइले योजना आयोगका पदाधिकारीले त्यो भावनालाई बुझ्ने विश्वास व्यक्त गरे ।

प्रदेश योजना आयोगका नवनियुक्त उपध्यक्ष सुबोध प्यकुरेलले सरकारको लक्षित योजना अनुसार  प्रदेशलाई आत्मनिर्भर बनाउन अग्रसर हुने बताए । उनले सरकारले बजेट पठाउने, कर्मचारीले ठेक्का लगाउने  र ठेकेदारले विकास गर्ने परिपर्टी बदल्नु पर्ने बताए ।

अबको युग विकास र प्रतिस्पर्धाको युग भएको उल्लेख गर्दै त्यसै अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । गत कार्तिक १४ गतेको प्रदेश मन्त्रिपरिषदले आयोगको उपाध्यक्षमा प्याकुरेल र सदस्यहरुमा पूर्ण लक्सम र मिना भण्डारीलाई नियुक्त गरेको थियो । आयोगका उपाध्यक्षले राज्यमन्त्री सरहको सेवा सुविधा पाउने छन् भने अन्य सदस्यहरुले सहायकमन्त्री सरहको सेवा सुविधा पाउने छन् । सपथ कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव लगायतको उपस्थिती थियो ।