काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साउदी अरेबियालाइ सहयोग अन्त्य गर्ने विषयमा सिनेट मतदान

11.72K
shares

साउदी अरेबियाले यमनका हुथी विद्रोहीविरुद्ध जारी आक्रमणमा अमेरिकी सैनिक सहायता अन्त्य गर्ने वा नगर्ने भन्ने विषयको छलफललाई खुला गर्ने विषयको प्रस्तावलाई अमेरिकी सिनेटले बहुमतले पारित गरेको छ ।

साउदी पत्रकार जमाल खशोग्जीको हत्याको विषयलाई लिएर ट्रम्प प्रशासन र कङ्ग्रेसबीच तनाव जारी छ । सिनेटरबीच उक्त विवादका विषयमा छलफल हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा ६० र विपक्षमा ३९ मत परेको थियो । उक्त प्रस्ताव रिपब्लीकन सिनेटर माइक ली र स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले अघि सारेका थिए ।

खशोग्जीको हत्यामा साउदी राजकुमारको प्रत्यक्ष संलग्नता रहेको विभिन्न अनुसन्धानले देखाउँदै आएका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया अमेरिकीको असल मित्रको रुपमा रहेकाले राजकुमारमाथि आरोप लगाउन नमिल्ने तर्क राख्दै आएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री जेम्स म्याटिसले सिनेटको बैठकमा खशोग्जीको हत्या र यमनको द्वन्द्वको विषयमा बिहीबार जानकारी गराउनेछन् ।
रासस/सिन्ह्वा