काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उठाइयो भूकम्पले ढलेका पाँच विद्यालय

10.54K
shares

दोलखामा २०७२ को भूकम्पले भवन ध्वस्त भई टहरामा अध्ययन गर्दै आएका पाँच विद्यालयका विद्यार्थीको पक्की भवनमा अध्ययन गर्ने सपना पूरा भएको छ ।

हिमाली जिल्ला दोलखाको गौरीशङ्कर गाउँपालिका-१ जङ्गुमा रहेको चार विद्यालय र वैत्येश्वर गाउँपालिका-८ यवोको एक विद्यालयमा सेभ द चिल्ड्रेनले पक्की भवन निर्माण गरीदिएसँगै बालबालिकाको सुरक्षित साथ पक्की भवनमा अध्ययन गर्ने सपना पूरा भएको हो ।

सेभ द चिल्ड्रेन संस्थाको सहयोग र ग्रामीण विकास टुकी सङ्घद्वारा निर्मित विद्यार्थीको चापका आधारमा तीन विद्यालयमा आठ कोठे र दुई विद्यालयमा चार कोठे पक्की भवन निर्माण गरी सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर र प्रदेश सांसद विशाल खड्काको उपस्थितमा एक कार्यक्रमबीच समुदायलाई स्वामित्व हस्तान्तरण गरिएको छ ।

दोलखाको वैत्येश्वर-८ मा रहेको यवो आधारभूत विद्यालयमा एक करोड ३७ लाख ४९ हजार ४९ को लागतमा आठ कोठे पक्की भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै गौरीशङ्कर गाउँपालिका-१ को यार्सा आधारभूत विद्यालयमा एक करोड ३५ लाख १३ हजार ६२२ को लागतमा आठ कोठे, नवकञ्चन आधारभूत विद्यालयमा एक करोड ३८ लाख ९८ हजार ९५३ को लागतमा आठ कोठाको पक्की भवन, मारिवन आधारभूत विद्यालयमा ९२ लाख ६० हजार ५३१ को लागतमा चार कोठे पक्की भवन र सोही वडाको चेत्पु आधारभूत विद्यालयमा ९८ लाख ३० हजार ४९ को लागतमा चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । विद्यालयलाई आवश्यक शौचालय, फर्निचरलगायत सामग्रीसमेत संस्थाले उपलब्ध गराएको छ ।

भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सांसद विशाल खड्काले सङ्घसंस्था पनि सरकारको विकासको सहयोगी भएको बताउँदै सरकारी विद्यालयमा पनि सुविधा सम्पन्न भवनसँगै शिक्षाको गुणस्तरमा वृद्धि गर्दै लैजानुपर्ने बताए । सरकारको शिक्षामा ठूलो लगानी भए पनि सोचेअनुसारको गुणस्तर नभएकाले बालबालिकाको रुचिलाई ध्यानमा राखी अध्यापन गराउनका लागि आग्रह गरे ।

दोलखाको उच्च भूभागमा पर्ने यी विद्यालयमा भूकम्पपश्चात् जस्ताको अस्थायी सिकाइ केन्द्रमा अध्ययन हुँदै आएको थियो । ग्रामीण विकास टुकी सङ्घको सहकार्यमा सेद द चिल्ड्रेनले भवन निर्माण गरीदिएसँगै विद्यार्थीहरु खुशीका साथ नयाँ भवनमा बसेर अध्ययन गर्न थालेका छन् ।

विद्यालयमा सुविधासम्पन्न भवन निर्माण भएसँगै विद्यार्थीको आकर्षणसमेत बढ्न थालेको नवकञ्चन आधारभूत विद्यालयका प्रधानध्यापक दिलबहादुर जिरेलले बताए । भूकम्पका कारण विद्यालय ध्वस्त बनेकाले हालसम्म अस्थायी सिकाइ केन्द्रमा नै अध्ययन हुँदै आएको चिसोका कारण विद्यालय आउने बाबालिकाको सङ्ख्यामा समेत कमी हुँदै गएकामा पक्की भवन निर्माणसँगै विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको चेत्पु आधारभूत विद्यालयका शिक्षक टीका खड्काले बताए ।
रासस