वनभोजबाट फर्किएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु
वि.सं.२०७५ मंसिर २८ शुक्रवार १८:५०
shares

उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४, बलम्तामा गए राति वनभोज खाएर फर्कंदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । राति साढे १० बजे वनभोज खाएर सिरवानीबाट बलम्तातर्फ आउँदै गरेको स. १ त ७३२३ नम्बरको ट्रयाक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा ट्रयाक्टरका चालक उदयपुर लिम्चुङबुङ गाउँपालिका–४ का २२ वर्षीय सुविन राई र सोही ट्रयाक्टरमा सवार २४ वर्षीय पवन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रयाक्टरमा सवार स्थानीय ३१ वर्षीय विषु राईलगायत आठजना घाइते भएका छन् । दुर्घटनाका घाइते सबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

























