अन्ततः ट्रम्प फाउन्डेशन बन्द हुने, हारे शक्तिशाली ट्रम्प
वि.सं.२०७५ पुस ४ बुधवार १५:१२
shares

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका तीनजना सन्तानमाथि निजी र राजनीतिक प्रयोजनका लागि ट्रम्प फाउन्डेशनको रकम दुरुपयोग गरेको आरोप लागेको छ । बीबीसीका अनुसार न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोप लगाएकी हुन् । ट्रम्प फाउण्डेशनका वकिलले भने उक्त विषयलाई महान्यायाधीवक्ताले राजनीतिकरण गर्न खोजेको भन्दै प्रतिवाद गरेका छन् ।
महान्यायाधीवक्ता अन्डरउडले ट्रम्प र उनका सन्तानविरुद्धको मुद्दा जारी रहने बताएकी छन् । एक विज्ञप्तिमा उनले ट्रम्प फाउण्डेशन अचम्मलाग्दो ढाँचाको हिनामिनामा संलग्न भएको बताएकी छन् । परोपकारी संस्था बन्द हुने शर्तबारे बोल्दै अन्डरवुडले न्यायिक सुपरिवेक्षणमा रहेर मात्रै संस्था विघटन हुने र रकम वितरण हुने स्पष्ट पारेकी छन् ।
उनले संस्था बन्द हुन लाग्नुलाई कानूनी शासनका लागि एउटा महत्त्वपूर्ण जीत भएको भन्दै यो घटनाले नियम सबैका लागि एउटै भएको स्पष्ट पारेको पनि बताइन् । गत जुनमा एउटा ट्वीट गर्दै ट्रम्पले परोपकारी संस्थाले केही अनियमितता नगरेको भन्दै त्यसलाई बन्द गर्न नचाहेको संकेत गरेका थिए ।

























