महालक्ष्मी लाईफ इन्स्योरेन्सले सञ्चालन अनुमति पाउने
वि.सं.२०७५ पुस ४ बुधवार १६:२६
shares

अदालती झमेलामा फँसेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले सञ्चालन अनुमति पाउने भएको छ । यसका लागि महालक्ष्मीले नियामकले तोकेको चुक्ता पुँजी पुर्याउनुपर्ने छ । बीमा समितिले चुक्ता पुँजी पुर्याए सञ्चालन अनुमति दिने संकेत गरेको छ । कम्पनीलाई पत्र पठाउँदै चुक्ता पुँजी पुर्याएर आउन समितिले निर्देशन दिएको छ ।
अदालतले समितिको पुनरावेदनको निस्सा अस्वीकृत गरेपछि कम्पनीले सञ्चालन अनुमती पाउने पक्का भएको हो । समितिले कम्पनीलाई १ करोड २० लाख एअरमार्क गर्न र कम्पनीको खातामा रकम जम्मा गर्न भनेको छ ।

























