काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘पुस १६ गइसक्यो, पानी जहाज खै प्रधानमन्त्री ज्यू ?’

12.33K
shares

सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानी जहाजका विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गरेका छन् । ‘प्रधानमन्त्रीले २०७५ साल पुस १६ बाट नेपालमा पानी जहाज सञ्चालन हुन्छ भन्नुभएको थियो, तर पानी जहाज सञ्चालनमा आएन । त्यसैले उहाँले संसद्लाई जवाफ दिनुपर्छ,’ प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले भने ।

प्रधानमन्त्री ओलीले पुस १६ गतेबाट पानी जहाज चल्ने बताउँदै सर्वसाधारणलाई पानीजहाजमा चढ्न निम्तो दिएका थिए । असार १४ गते एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैलाई जहाजबाट कलकत्ताको यात्राका लागि निम्तो दिएका थिए । तर, प्रधानमन्त्री ओलीले घोषणा गरेको समय गुज्रिसक्दा पनि पानी जहाजको छाँटकाँट नदेखिएपछि प्रश्न उठ्न थालेको हो ।