खाद्य संस्थानले यसरी बेच्दै छ खसीबोका तथा च्याङ्ग्रा
वि.सं.२०७५ असोज २६ शुक्रवार २१:४७
shares

नेपाल खाद्य संस्थानले दसैंको लागि खसीबोका तथा च्याङ्ग्रा बिक्री वितरण सुरु गरेको छ । संस्थानले शुक्रबारदेखि बागमती अञ्चल कार्यालय थापाथलीस्थित कार्यालयबाट बिक्री सुरु गरेको हो । संस्थानले जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्यमा बिक्री गरेको छ । संस्थानले खसी बोकाको सिंगमा हरियो रंगको चिह्न लगाएको मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ । पशु प्राविधिकहरूले स्वास्थ्य परीक्षण गरेर स्वस्थ रहेकोमा हरियो रंग लगाइएको हुन्छ । अस्वस्थ रहेका खसीबोका च्याङग्रामा रातो रंग लगाइएको हुन्छ ।















तस्बिर : सुनिल प्रधान

























