काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओलीले गलाए प्रचण्ड र वामदेवलाई

22.76K
shares

संसद छिरेर प्रधानमन्त्रीको बार्गेनिङ गर्ने वामदेव गौतम र पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजना केपी शर्मा ओलीले गलाएका छन् । बर्दियामा चुनाव हारेपछि काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने गौतमको योजना नेकपा अध्यक्ष ओलीले तुहाएका हुन् । जुन योजना सफल पार्न पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणले समेत सहयोग गरे । सबै तिरबाट व्यापक आलोचना भएपछि गौतम र प्रचण्डलाई तत्कालका लागि ओलीले व्याक हटाएका छन् ।

नेकपाका अध्यक्ष ओलीले भने स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उपनिर्वाचन हुन नसक्ने अडान लिएपछि अन्ततः गौतम पछि हटेको नेकपाका नेताहरु बताउछन् । प्रचण्डले फोर्स गरेपछि सांसद बन्ने चाहनाका साथ लागीपरेका गौतम अब तत्काल सांसद बन्ने योजना त्यागेका नेताहरु बताउछन् । ‘वर्तमान परिस्थिति र मतदाता तथा कार्यकर्ताको धारणा उपनिर्वाचनको विपक्षमा देखिएपछि, तत्काल उपनिर्वाचन नगर्ने निर्णयमा पुगिएको छ,’ नेकपा नेता भीम रावलले भने । चुनाव सकिएको वर्ष दिन नवित्दै उपनिर्वाचन गर्दा राम्रोे सन्देश नजाने र तत्काल आवश्यकता समेत नदेखिएकोले सांसद रामवीर मानन्धरको राजीनामा र गौतमको उम्मेदवारीतर्फ पार्टी नलागेको उनले बताए ।

सांसद मानन्धरले नेता गौतमका लागि भन्दै गएको सोमबार पार्टी सचिवालयमा राजीनामा बुझाएका थिए । त्यसपछि उनले मंगलबार पत्रकार सम्मेलन गरेर पार्टीले स्वीकृत भएपछि सांसद पद छोड्ने धारण राखेपछि, गौतमको विषयमा जनआक्रोश चुलियो । एक ठाउँबाट चुनाव हारेका गौतमलाई सांसद बनाउन अर्काे ठाउँको जनप्रतिनिधिलाई राजीनामा गराउनु उचित नभएको भन्दै सडकदेखि सामाजिक सञ्जालसम्म आलोचना भयो ।

मानन्धनरले पत्रकार सम्मेलन गरेपछि परिस्थीती गौतमको लागि उपयुक्त बनेन । जननिर्वाचित प्रतिनिधिको राजीनामा र चुनाव हारेकालाई उपनिर्वाचनमा उम्मेदवार बनाउँदा जनआक्रोस आउने पूर्वानुमान गरेरै नेकपा अध्यक्ष ओलीलले मानन्धरलाई पत्रकार सम्मेलन गर्न लगाएकोसमेत चर्चा गरिन्छ ।

मानन्धनरले पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेपछि नेताहरू माधव नेपाल, ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेललेसमेत आलोचना गरे । सबैतिर आलोचना भएपछि स्थानीय नेताले आफ्नो ठाउँको स्थानीय वस्तुस्थितिको आँकलन गर्दै चुनाव हारिने बताएका थिए । स्थानीय नेताहरू नै विपक्षमा उभिएपछि पार्टी अध्यक्ष ओलीले तत्काल उपनिर्वाचन नगर्ने भन्दै गौतमलाई थामथुम पारे । जसमा प्रचण्डसमेत सहमत भए । शुक्रबार राजधनीमा आयोजित एक कार्यक्रममा प्रचण्डले ‘वामदेवजीले नाई भनेपछि टन्टै साफ भयो,’ भनेका छन् ।

 

बामदेव सांसद बन्दा प्रचण्डलाई के फाईदा ?
नेता गौतमलाई सदन छिराउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरता छ । अध्यक्ष प्रचण्डको चासो र वामदेवको सदन छिर्ने चाहनाको अर्थ धेरैले बुझेका छैनन् । एमाले–माओवादी एकिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता वामदेवलाई सदनभित्र लगेर अध्यक्ष प्रचण्डले पाटीभित्रको शक्ति सन्तुलन कायम राख्दै आफ्नो गुट बलियो बनाउन खाजेको अनुमान लगाईएको छ ।

सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै जानु र दलभित्रका गुटीय संरचनाहरुमा फेरबदलका संकेत देखिँदै जानुले सांसद बनेको खण्डमा गौतमलार्ई प्रधानमन्त्री बनाउनेसम्मको प्रचण्डको चहना रहेको विश्लेषकहरु बताउछन् । हाल दुई अध्यक्ष रहेको नेकपाको आगामी महाधिवेशनसम्मलाई सोचेर प्रचण्डले आफ्नो खेमा बलियो पार्न गौतम कार्ड प्रयोग गर्न खाजेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘आउँदो महाविधेशनमा वामदेवलाई आफ्नो खेमाको महत्वपूर्ण खम्बा बनाएर पूर्व एमालेका नेता कार्यकर्ता आफ्नो पक्षमा पार्दै आउदै महाधिवेशनमा अध्यक्ष बन्ने प्रचण्डको चाहना देखिन्छ, प्रचण्ड पार्टीभित्र बलियो बन्दै जाने आधारहरु जोहो गर्न उनी व्यस्त रहेको देखिन्छ ।’

नेकपाभित्र पूर्वमाओवादी नेताहरुको साथ जोगाउँदै त्यसमा पूर्व एमालेका गौतम गुटसमेत जोड्न सकियो भने आफू बलियो नेता हुने प्रचण्डको बुझाई रहेको बताईन्छ ।

त्यसको प्रयासको लागि यसअघि प्रचण्डलेनै गौतमलाई सदन लैजानका लागि पहल गर्दे आएका थिए । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदलाई राजीनामा गराउने प्रयास प्रचण्डलेनै गरे पनि सफल भएका थिएनन् । अन्ततः काठमाडौं ७ मा पनि असफल भए ।