काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिन्धुलीमा फेरि अर्काे दुर्घटना

12.1K
shares

काठमाडौंबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको यात्रुबाहक बस शनिबार पल्टिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित विपी राजमार्गको बोहोरेटारमा उक्त बस अनियन्त्रित भई पल्टिएको हो ।

बा २ ख ५९३४ नम्बरको उक्त यात्रुबाहक बस पल्टिँदा एक जनाको हात भाँचिएको छ भने बाँकी यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि उदयपुरस्थित त्रियुगा नगरपालिकाका २२ वर्षीय मिनेश्वर चौधरीको हात भाँचिएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार सिन्धुलीको मरिणबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सुनकोशी गाउँपालिकाकै रिठ्ठे भीरबाट त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।