यूर्इएफए नेसन्स लिग : नेदरल्यान्डसँग जर्मनी ३–० ले पराजित
वि.सं.२०७५ असोज २८ आइतवार १३:३५
shares

यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्याण्डसँग जर्मनीले ३-० गोलको हार व्यहोरेको छ । नेसन्स लिग फुटबलअन्तर्गत आइतबार बिहान भएको समूह ए वानको खेलमा नेदरल्यान्ड्ससँग जर्मनी निरीह बनेको हो ।
नेदरल्यान्ड्सका लागि जोडी भर्जिल, भान डिजिक र जर्जिन्हो विजनाल्डमले गोल गरे । पहिलो हाफमा १-० गोलले अग्रता लिएको नेदरल्यान्ड्सले बाँकी दुर्इ गोल दोस्रो हाफमा थपेको थियो ।
आजै भएका अन्य खेलमा बुल्गेरियाले साइप्रसलार्इ २–१ गोलले पराजित गरेको छ भने मेसेडोनियाले लिचेस्टाइनलार्इ ४–१ गोलले पाखा लगायो । अर्को खेलमा आयरल्यान्ड र डेनमार्क गोलरहित बराबरी रहे ।

























