ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
वि.सं.२०७५ असोज २९ सोमवार १८:४६
shares

नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार बिहान ग १ ख ४१६७ नम्बर को ट्रकले ना १ ख १४१ नम्बरको ट्रकलाई ठक्कर दिँदा सहचालक नवलपरासी गैँडाकोट ढोडेनीका २० वर्षीय धनबहादुर मगरको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

























