दसैं लगत्तै मन्त्रिमण्डल हेरफेर हुन्छ : नेता बस्नेत
वि.सं.२०७५ कात्तिक १ बिहीवार ०१:१६
shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दसैं लगत्तै मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् । काठमाडौंमा भएका कार्यक्रममा उनले भने,‘अहिलेसम्मको समिक्षागर्दा प्रधानमन्त्री केपीशर्मा ओली सफलहुनुभएको छ । र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दै हुनुहुन्छ ।’
नेता बस्नेतले दसैं लगत्तै सरकारले केही लोकप्रियका र्यक्रमहरु ल्याउने पनिजानकारी दिए । उनले भने,‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ । र, सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पूर्नगठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरामा पनि ध्यान दिनेछ । प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यानदिनेछ ।’
उनले वर्तमानप्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारसँग जनताअहिले खुशी रहेको विश्वास दिलाए । उनले भने,‘सरकारको परफर्मेन्सबाट जनताखुशी छन् ।’
संघीयता कार्यान्वयनगर्न धेरै चूनौति रहेको उनले बताए । उनले भने,‘प्रदेश सरकार चलाउनपनि अप्ठ्यारो छ । प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधनगर्ने कुरा गरेको पनि उनले सुनाए ।
























