काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ : चित्रबहादुर केसी

10.27K
shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन् । उनले भने,‘यदि संघीयता खारेज नगरे मुलुकद्वन्द्वमा जान्छ र असफल हुन्छ ।’ काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष केसीले नेपालजस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरेका हुन् । प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कटाक्ष गर्दै केसीले ‘रेडलाईट एरिया’खोलेर कर असुलेर संघीयता नचल्ने पनि बताए ।

केसीले नेपाल जोगाउनकै लागि भएपनि संघीयता खारेज गर्नैपर्ने बताए । केन्द्र सरकार र प्रदेश सरकारबीचको सम्बन्ध राम्रो हुन नसकेको भन्दै उनले प्रदेश नम्बर २ ले केन्द्रको नीतिबाहिर गएर विधेयकहरु बनाउँदा समग्र देश नै धरापमा पर्ने दावी गरे ।

सरकारले प्रभावकारी कामगर्न नसकेको आरोप लगाउँदै केसीले महङ्गी र कालोबजारी रोक्न नसकेको सरकारले रेल र पानीजहाजको सपना बाँडेर अलमल्याएको पनि आरोप लगाए । यातायात क्षेत्रको सिन्डिकेट, ३३ किलो सुन, निर्मलापन्तहत्याप्रकरणलगायतका विषयमा सरकार चुकेको केसीले बताए ।