काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्थानीय तहमा बजेट दुरुपयोग बढ्दो

7.81K
shares

मोरङको सुनवर्षी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु बजेटको दुरुपयोग गर्दै विदेश भ्रमणमा गएको पाइएको छ । सो नगरपालिकाका प्रमुख कालिप्रसाद दास र उपप्रमुख मञ्जु राई लगायतको टोली बजेटको दुरुपयोग गर्दै छिमेकी मुलुक भारतका पर्यटकीय स्थलहरुको भ्रमण गर्न गएको पाइएको हो ।

नगरपालिकाका प्रमुख दासले नेतृत्व गरेको भ्रमण टोली भारतको सिक्किम, दार्जीलिङ, ग्यान्टोक लगायतका पर्यटकीय स्थलहरुमा पुगेको हो । टोलीमा उपप्रमुख मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार केसी, ८ जना वडा अध्यक्ष, नगरपालिकाका शाखा प्रमुखहरु र केही कृषक समेत गरेर २२ जना गाएका थिए ।

गत बुधबार कृषि अध्ययन अवलोकन भ्रमणका लागि सुनसरी, मोरङ, झापा र इलामका जाने कार्यतालिका बनाएर भ्रमण टोली निस्किएको थियो । उक्त टोलीका सदस्यहरुले सिक्किमको ग्यान्टोक पुगेर फेसबुकमा फोटो सार्बजनिक गरेपछि कृषि अवोलकन भ्रमणको नाममा विदेश पुगेको रहस्य खुलेको हो । टोलीको आलोचना भएपछि फेसबुकमा राखेको फोटो कर्मचारीले हटाएका छन् ।

 

सो नगरपालिकाले चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रको विकासका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो रकम मध्ये ५ लाख बजेट लिएर टोली अवलोकन भ्रमणका निस्किएको बताइएको छ । सुनवर्सी नगरपालिकाका कार्यवाहक अध्यक्ष प्रताप तामाङले पाँच लाख बजेट विनियोजन भएको बताए । तर,सो बजेटबाट टोलि भारत पुगेको भन्ने बिषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ । अवलोकन भ्रमणमा नगएका उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

‘मेयरसापहरुको टोलि झापा, मोरङ, सुनसरी र इलाममा भएका कृषि क्षेत्रको अध्ययन अवलोकनका लागि भनेर जानु भएको हो,’ कार्यवाहक अध्यक्ष तामाङले भने ‘नगरपालिकाबाट मलाई पाँच दिनको कार्यवाहक दिइएको छ ।’

नगरपालिकाका सबै फाटवाला प्रमुखहरु भ्रमणमा गएपछि नायव सुब्बा नगेन्द्र पराजुलीलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । यता भ्रमणबाट फर्किएका प्रमुख कालिप्रसाद दासले भने आफ्नो टोलि पशुपतिनगरसम्म मात्र पुगेको दाबी गरेका छन् । उनले भने ‘हामी पशुपतीनगरसम्म पुगेका हौं,’ सिक्किम गएका छैनौँ ।’ भ्रमण टोलीको एक सदस्ययका अनुसार बिहीबार सिक्किम गएको टोली शुक्रबार साँझ पशुपतीनगर आएर बसेको थियो ।