च्याङ्ग्राको खासु खाने विषयमा नगरपालिका प्रमुख कुिटए
वि.सं.२०७५ कात्तिक १८ आइतवार १८:३७
shares

रारा ताल भ्रमणबाट फर्किएका स्याङजा चापाकोट नगरपालिका प्रमुख कालिकोटमा मदिरा सेवन गरेर झगडा हुँदा घाइते भएका छन् । सरकारी खर्चमा रारा ताल भ्रमणमा गएको नगर प्रमुख शिव गिरीको टोली र भक्तपुर जिल्लाबाट आएको टोलीबीच झडप हुँदा नगर प्रमुख घाइते भएका हुन् ।
शनिबार राति दबै टोली कालिकोटको सनलाइट होटेलमा बसेका बेला नगर प्रमुख गिरी र भक्तपुरबाट आएको टोलीबीच च्याङग्राको मासु खाने बिषयमा झडप भएको हो । झडपमा नगर प्रमुख गिरी सहित उनका स्वकिय सचिव राजकुमार मल्ल र नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारी चालक घाइते भएका छन् । नगर प्रमुख गिरीको टाउकोमा ५, मल्लको टाउकोमा १६ वटा टाँका लगाइको छ। उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।
रारा भ्रमण निस्केको भक्तपुरको भ्रमण टोली र चापाकोट नगरपालिकाको टोलीबीच मदिरा सेवन गरेर च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशव्द बोल्दै झगडा भएपछि कुटपिट हुँदा ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख बिनोद शर्माले बताए । ‘दुबै टोली एउटै होटेलमा बसेका बेला च्याङग्राको मासु पोलेर खाने बिषयमा झगडा भएको हो’ उनले भने,‘दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए ।’






















