काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बहराइनका विपक्षी नेता थुनामा

6.96K
shares

बहराइनको पुनरावेदन अदालतले शिते विपक्षी अभियानका प्रमुखलाई आइतबार आजीवन जेल सजाय दिएको छ । उनीमाथि खाडी राष्ट्र कतारका लागि जासूसी गरेको आरोप लगाइएको छ ।

हाल कानुनी प्रतिबन्ध लगाइएको अल–वेफाक अभियानका प्रमुख रहेका शेख अली सल्मानलाई गत जुन महिनामा उच्च फौजदारी अदालतले सफाई दिएको थियो । सरकारी वकीलले उक्त आदेशविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए ।

साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्ससँगै बहराइनले सन् २०१७ मा कतारसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको थियो । इरान र अतिवादी इस्लामिक समूहसँग कतारको सम्बन्ध रहेको भन्दै बहराइनले आफ्ना नागरिकलाई कतारको भ्रमण गर्न र सञ्चार सम्पर्क स्थापित गर्न प्रतिबन्ध लगाएको थियो ।
रासस/एएफपी