काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महासमिति कहिले ?

6.2K
shares

महासमिति बैठकबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मुख्य एजेन्डासहित मंगलबार बैठक बोलाइएको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

मंसिर पहिलो साता बस्ने भनिएको महासमिति बैठक अन्यौल भएपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । तयारी नपुगेपछि केही समयपछि सार्ने तयारी भएको नेताहरुले बताएका छन् । विधान संशोधनका लागि मस्यौदा तयार पार्न गठित विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन तयार नभएकाले महासमिति बैठक केही दिन पछि सर्न सक्ने सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले बताएका छन् ।

संस्थापनइतर पक्षहरुले भने तोकिएकै मितिमा महासमिति बैठक हुनुपर्ने जिकिर गर्दै आएका छन् । मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने कांग्रेसले तय गरेको थियो । तर, महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको कामसमेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिनपछि सार्ने संस्थापन पक्षको तयारी छ ।