काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

साढे ३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

5.97K
shares

नेपाल राष्ट्र बैंकले ३ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार बोलकबोल मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि १ अर्ब ९१ करोड रुपैयाँ र ३ सय ६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ गरी ३ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सोमबार बोलकबोलका लागि खुला गरिने ट्रेजरी मंगलबार खोलिने राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गर्ने गरिन्छ ।

एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् ।