काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जनकपुर विमानस्थल : रात्रीकालीन उडानका लागि तिव्र तयारी

6.68K
shares

जनकपुरविमानस्थलमा रात्रीकालीन उडानका लागि तिव्र तयारी भइरहेको छ । आगामी पुष महिनाबाट रात्रीकालीन सेवा सञ्चालनका लागि तिव्र गतिमा तयारी भइरहेको नागरिक उडडयान प्राधिकरण जनकपुरले जनाएको छ ।

वि.सं. २०२४ सालमा स्थापना भई निरन्तर सञ्चालनमा रहेको जनकपुर विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माणको कामसमेत भइरहेको बेला रात्रीकालीन सेवाका लागिसमेत तयारी गरिँदै छ ।

नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सवको अवसरमा आउँदो पुष महीनादेखि रात्रीकालीन सेवा सञ्चालन गर्ने लक्ष्यका साथ विमानस्थलको कामा भइरहेको विमानस्थल जनकपुरका प्रमुख मुरारीप्रसाद पौडेलले जानकारी दिए । ‘रन वेमा बत्ति जडान कार्य सुरु भइसकेको छ,’ पौडेलले भने, ‘हामीले लक्ष्य लिएकै समयसीमामा सम्पन्न हुने गरी तिव्र गतिमा काम भइरहेको छ ।

विमानस्थल प्रमुखका अनुसार जनकपुरबाट विमानसेवा प्रयोग गरि आउने जानेहरुको सुविधालाई मध्यनजर गर्दै रात्रीकालीन सेवाको सुरुवात गर्न लागिएको हो । यसले जनकपुरबाट आउने जाने यात्रुहरुको संख्यामा अझै बढोत्तरी हुने पौडेलको विश्वास छ ।