काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीलंकामा गहिरियो राजनीतिक संकट

10.98K
shares

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रनिल विक्रमासिंघेलाई हटाएर पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री चयन गरेपछि श्रीलंकामा गहिरिएको राजनीतिक संकट झन् कठिन मोडमा पुगेको छ । राजनीतिक दाउपेचकाबीच राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई हटाएर राजपाक्षेलाई प्रधानमन्त्री बनाएपछि सतहमै देखिएको श्रीलंकाको राजनीतिक संघर्ष थप कठिन बन्न पुगेको छ ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्री चयन गरिएका राजपाक्षेले संसदको विश्वास प्राप्त गर्न सकेनन् । बुधबार श्रीलंकाको संसदमा राजपाक्षेविरुद्ध अविस्वासको प्रस्ताव पारित भएको छ । विक्रमासिंघेलाई राष्ट्रपतिले प्रधानमन्त्रीबाट हटाएका छन् भने उनले प्रधानमन्त्री बनाएका राजपाक्षेलाई संसदले अविस्वास गरेपछि राजनीतिक निकास के हुने ? भन्ने चासो श्रीलंकाली राजनीतिमा बढेको छ ।

त्यसोतः राष्ट्रपति सिरिसेनाले सम्भवतः आफ्नो कदम (राजपाक्षेलाई प्रधानमन्त्री बनाउने) संसदले अस्वीकार गर्न सक्ने विश्लेषणसहित संसद भंग गरिदिए । राष्ट्रपतिको यो कदमले राजपाक्षेविरुद्ध संसदबाट अविस्वासको प्रस्ताव पारित हुने सम्भावना हुँदैन थियो । तर श्रीलंकाको सर्वाेच्च अदालतले संसद भंग गर्ने राष्ट्रपतिको निर्णय उल्टाइदिएपछि राजपाक्षेविरुद्ध संसदले अविस्वासको प्रस्ताव पारित गर्यो । २२५ सदस्सीय संसदमा राजपाक्षेविरुद्ध ल्याइएको अविस्वासको प्रस्ताव बुधबार बहुमतले पारित भयो ।

यसपछि पनि राष्ट्रपति सिरिसेनासँग अर्काे प्रधानमन्त्री चुन्ने अधिकार छ । तर, उनले प्रयोग गरेको उक्त अधिकार संसदलाई पनि मान्य हुनुपर्ने स्पष्ट संकेत राजपाक्षेविरुद्ध पारित अविस्वासको प्रस्तावले दिएको छ । कतिपयले यसलाई श्रीलंकाली राजनीतिमा ‘अभूतपूर्व राजनीतिक संकट’को पनि सँज्ञा दिएका छन् । तर, फेरी विक्रमासिंघेलाई नै प्रधानमन्त्रीमा दोहोर्याउन सक्ने अधिकार सिरिसेनालाई त छ तर, उनका लागि यो वाध्यात्मक कदम भने होइन ।