काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल विकास र समृद्धिको बाटोमा : प्रधानमन्त्री ओली

13.08K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले देश आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् । चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसँगको भेटमा उनले देश आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट सहयोगको अपेक्षा गरिएको बताए ।

‘समृद्धिको लक्ष्य हासिल गर्न मित्र राष्ट्रहरुबाट सहयोगको अपेक्षा गरिएको छ, त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौ’ प्रधानमन्त्री ओलीलाई उदृत गर्दै उनका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले भने । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण गरे ।

‘हामी एउटै हिमालको वारी पारी बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं’ प्रधानमन्त्रीले भन्नुभएको छ ‘हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।’
चीनिया मन्त्री सुगाङले नेपाल भ्रमण बर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए । गतवर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले जानकारी गराए ।