काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पञ्चासेमा एसियाकै लामो केवलकार बन्ने

13.99K
shares

कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीय तथा धार्मिक तिर्थस्थल पञ्चासेमा एसियाकै लामो केवलकार निर्माण हुने भएको छ । पर्यटक प्रवर्धनमा टेवा पुर्याउने उदेश्यले केवलकारसहितको बृहत् योजना ६ वर्षभित्रमा बनाइसक्ने पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडको तयारी छ ।

कास्कीको घाँटीछिना देखि पञ्चासे तालसम्म केवलकारको लम्बाई साढे ८ किलोमिटर र ८० वटा टावर राखिने कम्पनीले जनाएको छ । केवलकारमा मात्र ३ अर्ब र समग्र योजनाका लागि १० अर्ब रुपैयाँ लगानी गरिने परियोजना अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । केवलकारमा दैनिक १० हजार जनासम्मले आवतजावत गर्न सक्नेछन् । केवलकार निर्माण कम्पनीले पञ्चासेमा होटल, रिसोर्ट, फन पार्क, शहिद पार्क, ट्रेकिङ रुट, साइक्लीङ लगायतक संरचना पनि बनाउनेछ ।

योजनामा कास्की, पर्वत र स्याङ्जाका स्थानीयले तीन अर्बको सेयर पाउनेछन् । स्थानीयको हकमा पर्वतको मोदी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले सेयर प्रप्त गर्नेछन् । त्यसका अलवा कर्पोरेट, विभिन्न पेशा व्यवसायमा संलग्न र सर्वसाधारणलाई छुट्टाछुट्टै सेयर दिइने कम्पनीको योजना छ ।

२ हजार ५ सय १७ मिटरको उचाइमा रहेको ऐतिहासिक क्षेत्र पञ्चासेमा हाल कास्कीको भदौरेसम्म सवारी साधन पुग्छ भने भदौरेबाट ४–५ घण्टा पैदल हिड्नुपर्छ । पर्वतको चित्रे वा आर्थर डाँडाखर्कबाट समेत पञ्चासेसम्म पैदलमार्ग छ ।

आर.के.डी. रियल स्टेट एण्ड कन्ट्रक्सन्स लिमिटेड र बन्दिपुर केवलकार प्र्राली सो परियोजनाको प्रवर्धक रहनेछन् । बन्दिरपुर केवलकारमा पञ्चासे केवलकारले २५ प्रतिशत लगानी गर्ने बताइएको छ । बन्दिपुरले निर्माणपछि फेरि पञ्चासेमा लगानी गर्नेछ ।

अब परियोजनाको लागि आवश्यक जग्गा अधिग्रहणको काम थाल्ने अध्यक्ष शर्माले बताए । अधिग्रहणमा लिनुपर्ने स्थानमा सामुदायिक, सरकारी वन र केही निजी जग्गा छ । वनसँग सहमति लिइसकेको अध्यक्ष शर्माको भनाइ छ ।

पर्यटक तान्न हेरिटेज प्लाजा
पर्यटक तान्ने उदेश्यले निर्माण गर्न लागेको परियोजनाले केवलकार निर्माणबाहेक विभिन्न क्षेत्रमा पनि हात हाल्दैछ । घाँटीछिनामा ३ हजार रोपनीमा हेरिटेज प्लाजा बनाइने भएको छ । स्थानियले उत्पादन गरेका टिपिकल ह्याण्डिक्राफ्ट बिक्री केन्द्र बनाउने कम्पनीले जनाएको छ । परियोजना अन्तर्गत वाटर सोज (फाउन्टेन म्यूजिकल) , प्रेम पार्क, आधुनिक फनपार्क एग्रिकल्चर फार्म बनाइने भएको छ । पर्यटक टिकाइराख्न जीप फ्लायर पनि सञ्चालन गर्ने परियोजनाले जनाएको छ । पञ्चासेदेखी टिपिकल गुरुङ गाउँको रुपमा स्थापित चित्रेसम्म जीप फ्लायर निर्माण गरिने अध्यक्ष शर्माले बताए ।

वृद्धवृद्धालाई श्रवणकुमार आश्रम
श्रमणकुमारको सम्झाना स्वरुप पञ्चासेमा आश्रम पनि बनाइने भएको छ । जहाँ असहायः वृद्धवृद्धालाई राखिने भएको छ ।