बसको ठक्करबाट साइकलमा सवार बालिकाको मृत्यु
वि.सं.२०७५ मंसिर ३ सोमवार १६:५७
shares

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ नजिक बसको ठक्करबाट साइकलमा सवार एक बालिकाको मृत्यु भएको छ ।
ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिका ६ बकुवाकी १४ वर्षिया बालिका निर्मला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिका भुरिगाउँस्थित भेरी पव्लिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

























