१०१ वर्षीया भगवतीदेवीले पाइन् पहिलो राष्ट्रिय परिचयपत्र
वि.सं.२०७५ मंसिर ३ सोमवार २२:५६
shares

पहिलो राष्ट्रिय परिचयपत्र पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीले पाएकी छिन् । गहृमन्त्री रामबहादुर थापा वादलले फिदिम पुगेर भगवतीदेवीलाई परिचयपत्र दिएका हुन् । भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरुवात गरिएको हो । कार्यक्रममा गृहमन्त्री थापाले समृद्ध राष्ट्र बनाउन राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताए ।
देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको काम अघि बढाउन प्रक्रिया शुरु भइसकेको समेत बताए । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ बाट परिचयपत्र वितरणको कार्य शुरु हुनु प्रदेशका लागि गर्वको विषय भएको बताए । सरकारले आगामी तीन वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।

























