प्रदेश १ : पढाउन छोडेर शिक्षकहरु मन्त्रालय घेराउमा
वि.सं.२०७५ मंसिर ७ शुक्रवार २२:२५
shares

शिक्षकहरुले प्रदेश १ को विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा धर्ना दिनुका साथै प्रदर्शन गरेका छन् । पेशागत हकहित तथा शैक्षिक सुधारको मागगर्दै शिक्षकहरुले मन्त्रालयमा धर्ना दिएका हुन् ।
नेपाल शिक्षक महासंघ प्रदेश १ को अगुवाइमा शिक्षक तथा विद्यालयका कर्मचारीहरु आन्दोलित भएका हुन् । ट्राफिक चोकबाट र्याली निकालेर शिक्षकहरु धर्ना दिन मन्त्रालय पुगेका थिए ।
कोणसभामा नेपाल शिक्षक महासंघका प्रदेश अध्यक्ष पूर्णप्रसाद गौतमले राज्यले शिक्षक तथा कर्मचारीहरुलाई उपेक्षा गरेको बताए ।

उनले शिक्षक र विद्यालयका कर्मचारीमाथि राज्यले गरेको विभेद अन्त्य गर्न माग गरे । महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार धर्ना तथा विरोधका कार्यक्रम गरिएको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघले २६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।






















