काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

योजनाबिनै डोजर चलाउँदा खानेपानी मुहान सुक्दै

19.34K
shares

कर्णाली प्रदेशमा बिना योजना बाटो खन्दा खानेपानीका मुहान सुक्न थालेका छन् । गाउँमा खानेपानी आयोजना बनिनसकेको अवस्थामा मुलको भर पर्ने स्थानीयलाई योजना बिनै खनिएको बाटोले झन समस्यामा पारेको हो ।

सोही विषयमा आइतबार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको आयोजनामा प्रदेश स्तरीय खानेपानी तथा सरसफाई अधिकार विषयक छलफलमा सहभागि सरोकारवालाहरुले डोजर आंतकका कारण खानेपानीका मुहान ध्वस्त भएको बताएका थिए ।

केही स्थानमा योजना बनाइएको २५ वर्षसम्मसमेत खानेपानी आयोजना नबनेको र कतै भने अझै घण्टौ पानी बोक्नुपर्ने समस्या रहेको औल्याएका थिए । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले कर्णाली प्रदेशमा खानेपानीका योजना निर्माणमा सरकार सक्रिय भएर लागेको बताए ।

कार्यक्रममा उपस्थित अधिकांशले विकासको एउटा काम गर्दा अत्यावश्यक प्राकृतिक स्रोतको विनाश रोक्नुपर्नेमा जोड दिए ।