काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गोप्य रुपमा प्रतिवेदन तयार गर्दै नेकपाको कार्यदल

11.66K
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठनात्मक एकता कार्यदलले गोप्य रुपमा एकताको प्रतिवेदन तयार पारेको छ । पार्टी एकताका विषय सार्वजनिक नगर्ने भन्दै आचारसंहिता तय गर्दै एकताको प्रतिवेदन तयार पारेको हो ।

एकता प्रकृया टुङ्गोमा पुर्याउनका लागि कार्यदलले सूचना चुहाउने नेतालाई ‘कारबाही’ गर्ने गरी आचारसंहिता बनाएको छ । नेकपाको स्थायी समितिले पुस १३ गते शक्तिशाली कार्यदल गठन गरको थियो । सोही कार्यदलले छलफलका विषय सार्वजनिक हुन नदिन आचारसंहिता तयार पारेको हो ।

‘एकताका प्रतिवेदन गोप्य रुपमा तयार पारी दुई अध्यक्षलाई बुझाउने र एकै पटक स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ, यसैले गोप्य रुपमा काम गर्ने आचारसंहितामा कार्यदलमा भएका छलफलका विषय सार्वजनिक गरेमा कार्यदलबाट निष्कासन गर्ने समेत उल्लेख छ,’ कार्यदलका एक सदस्यले भने ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत १६ गते १० दिनभित्र काम सक्ने गरी संगठनात्मक काम सम्पन्न गर्न निर्देशन दिएका थिए । सोही निर्देशनसँगै कार्यदलले प्रतिवेदन तयार पार्ने काममा तीव्रता दिएको छ ।

दुई अध्यक्षले दिएको समयसीमा बुधबार सकिँन लागे पनि प्रतिवेदन तयार पार्ने काम भने सकिएको छैन । संगठनात्मक एकता टुङ्गो लगाउन बनेको नौ सदस्यीय कार्यदललाई दुई साताको समय दिईएको थियो ।

स्थायी कमिटी बैठक सकिएको दिन पुष १३ गते गठित कार्यदललार्य दुई साताभित्र काम सक्न भनिएको थियो । कार्यदलले पार्टी एकता टुंग्याउन तीन अधिकार दिइएको छ । जिल्ला संगठन समितिसम्मको एकता टुंग्याउने र जनवर्गीय संगठनको एकता गर्ने कार्यदलको मुख्य काम हो । कार्यदलले काम करिब सकेर अन्तिम रप दिन बाँकी रहेको कार्यदल सदस्य बेदुराम भुसालले बताए ।

‘हामीलाई दिईएको समय अनुसार काम करिब सकिएको छ,’ भुसालले भने, ‘केही प्राविधिक काम सकेर बिहीबार अध्यक्ष द्वयलाई बु्झाउछौं ।’

नेकपाकमा प्रदेश कमिटी गठन भईसकेको छ । तर विधान तथा मापदण्ड विपरीत सदस्य परेको खण्डमा छानबिन गर्ने र संशोधन गर्ने अधिकार कार्यदललाई दिईएको छ । कार्यदलले पार्टीको विधानमा केन्द्रीय समिति तथा स्थायी समिति बैठकको समयावधि लगायतका विषयमा रहेका विवाद टुंग्याउने अधिकार दिइएको छ ।

पोलिटब्यूरो गठन तथा केन्द्रीय समिति सदस्यको कार्यविभाजनको प्रस्ताव तयार पार्ने पनि अधिकार कार्यदललाई छ । कार्यदलले दुई अध्यक्षलाई प्रतिवेदन बुझाएपछि सचिवालय बैठक बस्नेछ ।

त्यसपछि सचिवालयले पुस अन्तिमसम्म स्थायी समिति बैठक बोलाउँने र बैठकमा छलफल हुने जनाइएको छ । कार्यदलमा नेताहरु रामबहादुर थापा, विष्णु पौडेल, वर्षमान पुन, लेखराज भट्ट, शंकर पोखरेल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, वेदुराम भुषाल र योगेश भट्टराई सदस्य छन् ।