काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश-२ : महिनौंदेखि बस्न सकेन प्रदेशसभा, हिउँदे अधिवेशनमा ढिलाई

11.87K
shares

लामो समयदेखि प्रदेश-२ स्थित प्रदेशसभाको बैठक बस्न सकेको छैन । प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशको राजधानी र भाषाको सम्बन्धमा छलफल हुन सकेको छैन ।

प्रदेशको राजधानी तय गर्ने र भाषाको प्रस्ताव ल्याउन प्रदेशका विपक्षी दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माग गरिरहेका छन् । तर प्रदेश सरकारले भने राजधानी र नामका सम्बन्धमा जनतासँग छलफल गर्न समितिमार्फत रायसुझाव संकलन गरिरहेकाले प्रदेशसभामा उक्त प्रस्ताव लैजान सकेको छैन ।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव प्रदेश सरकारले संसदलाई विजनेश दिन नसक्दा बैठक अनिश्चित भएको बताउँछन् । प्रदेश सरकारले ल्याउनुपर्ने प्रस्ताव र छलफल संसदमा नगरी बाहिर-बाहिर समितिमार्फत राय सुझाव संकलन गर्नु गलत रहेको उनको भनाइ छ । यादवले जनताबाट चुनिएका जनप्रतिनिधि हाउसमा हुँदाहुँदै विना कामको समिति गठन गरेर सरकारले राजधानी र भाषासम्बन्धि विद्येयक नल्याएको बताए ।

नेकपाका सांसद रामचन्द्र मंडलले सरकारले जनताबाट चुनिएका जनप्रतिनिधिहरुलाई वेवास्ता गरेको आरोप लगाए । सरकारले संसदमा विजनेश नदिई राय सुझाव संकलन गरिरहेको मंडलको आरोप छ । ‘सरकारले ल्याएको विधेयकमाथि संसदभित्र छलफल र निर्णय हुने हो,’ मंडलले भने, ‘त्यसैले समितिमार्फत प्रदेशका जनतासँग राय, सुझाव संकलन गरिरहेको भन्नु समय लम्ब्याउनु मात्रै हो ।’

यता, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले अब छिट्टै प्रदेशसभा बस्ने बताउँछन् । संसदको बैठक बसेर एक डेढ हप्तामै महत्वपूर्ण विधेयक र मुद्दाहरुमा छलफलपछि यो अधिवेशन अन्त्य गरी हिउँदे अधिवेशनको सुरुवात गरिने उनको भनाइ छ । प्रदेशको राजधानी र भाषाको सम्बन्धमा २ महिनाको समय समितिलाई थप भएकाले अलि ढिलो भएका बताएका उनले अब भने यो विधेयक संसदमा आउने जानकारी दिए ।